रोशनी शाहीको सुरक्षामा प्रहरी खटाइयो
खबर एक्सप्रेस
२०७६-०६-१५ ११:०० मा प्रकाशित
Total Shares: 845
काठमाडौं - सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीको सुरक्षामा प्रहरी खटाइएको छ ।
पहिले बलात्कारको आरोप लगाएर पछि आफ्नै भनाइलाई खण्डन गरेकी कर्मचारी शाहीको सुरक्षामा एक जना सहायक निरीक्षक (असई) र एक जना महिला प्रहरी खटिएका हुन् ।
शाहीको गतिविधि निगरानी गर्न र उनीमाथि हुनसक्ने अप्रिय घटना हुन नदिन प्रहरी टोली खटाइएको प्रहरी स्रोतको दावीछ ।
शाही आफैले पनि प्रहरीले आफ्नो निगरानी गरेको फेसबुक स्टाटसमार्फत जनाएकी छन् ।
फेसबुक पेज Like गर्नुहोस