दसैंमा इन्धनको अभाव हुँदैन : निगम
काठमाडौं - नेपाल आयल निगमले दसैंका अवसरमा काठमाडौं उपत्यकालगायत मुलुकभर पेट्रोलियम पदार्थको कुनै अभाव नहुने स्पस्ट पारेको छ ।
पेट्रोलियम पदार्थको आयात नियमितरुपमा भइरहेको र सबै डिपोमा पर्याप्त मात्रामा इन्धन मौज्दात रहेको निगमले जनाएको छ ।
फूलपातीको दिन उपत्यकाबाट बाहिरिने सवारी–साधनको अवस्थालाई मध्यनजर गर्दै निगमको थानकोटस्थित डिपोले शुक्रबार उपत्यकामा झन्डै २० लाख लिटर पेट्रोलियम पदार्थ वितरण गरेको छ ।
थानकोट डिपोबाट शुक्रबार ११ लाख ५० हजार लिटर पेट्रोल र ८ लाख ५० हजार लिटर डिजेल विभिन्न पेट्रोलपम्पलाई पठाइएको डिपोका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए ।
फूलपातीका दिन निगमका सबै डिपो नियमितझैं खुला रहनेछन् ।‘निगमसँग पर्याप्त मात्रामा इन्धनको मौज्दात रहेको छ । आयात नियमित रहेको छ’–उनले भने–‘पेट्रोलपम्पले मागेजति नै इन्धन उपलब्ध गराएका छौं । इन्धनको कुनै अभाव हुँदैन ।’
दसैंलाई लक्षित गर्दै विगत तीनरचार दिनदेखि उपत्यकामा औसत दैनिक ८ लाख लिटर पेट्रोल र डिजेल बिक्री गरिएको निगमले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस