महरालाई बलात्कारको आरोप लगाउने रोशनीलाई श्रीमानले दिए डिभोर्स
काठमाडौं - कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने रोशनी शाहीलाई उनका श्रीमानले ‘डिभोर्स’ दिएका छन् । रोशनीलाई पति चित्रजंग शाहीले छोडपत्र दिएको फेसबुकमा उल्लेख छ ।
चित्रजंघले बिहीबार बिहान एक पोस्ट गर्दै सम्बन्ध विच्छेद भएको जानकारी दिएका हुन् । उनले थुप्रै उतारचढावकाबीच २८ सँगै बिताएको र समयको गतिसँगै अलग हुने निर्णय गरेको उल्लेख गरेका छन् ।
चित्रजंघले लेखेका छन् ‘प्रीय जनहरु, थुप्रै उतार चढावका बीच वितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरु विते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापी खुशी साथ अलग बस्ने निर्णय गरेका छौा । कानुनी प्रक्रिया निरन्तरताका साथ’ सम्बन्ध विच्छेद पत्रमा भनिएको छ ।
रोशनीले आइतबार तत्कालिन सभामुख महराले आफूमाथि बलात्कार गरेको भनेर एक अनलाईनसँगै भिडियो अन्तर्वार्तासमेत दिएकी थिइन् । उक्त अन्तर्वाता बाहिर आएपछि सभामुखले राजीनामा समेत दिनुपरेको हो ।
तर, सोही रोशनीले महरा आफ्नो कोठामा समेत नआएको दावी गरेकी छिन् । उनले आफू डिप्रेशनको शिकार भएको र आवेगमा यस्तो बोलेको कुरा गरेकी छिन् ।
फेसबुक पेज Like गर्नुहोस