काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले उपत्यकाका विभिन्न शक्तिपीठहरुको दर्शन गर्ने भएका छन् । बडादशैंको अवशरमा पूर्वराजा शाहले महाअष्टमीको दिन उपत्यकाका शक्ति पीठहरूको दर्शन गर्ने भएका हुन् ।

उनले महाअष्टमीको दिन अपरान्ह उपत्यकाका १० वटा शक्ति पीठहरुमा दर्शन गर्ने छन् । शाहले नक्साल भगवती, गुह्यश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवी, रक्तकाली, शोभा भगवती र ईन्द्रायणीको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

शाहले विजयादशमीको दिन अपरान्ह ४ बजेपछि दशैको टीका लगाइदिने कार्यक्रम रहेको जनाइएको छ ।