काठमाडौं - उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिने तयारी गरेकी छन्। संसद सचिवालय  स्रोतका अनुसार उनले आज प्रतिनिधि सभा बैठक सुरू हुनुभन्दा अगाडि नै राजीनामा दिन लागेकी हुन्।

संसदको बैठक १ बजे बस्दैछ।आजको बैठक संसदका जेष्ठ सदस्य महन्थ ठाकुरले सञ्चालन गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ।यसअघि नेपाल कम्युनिष्ट पार्टीले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको  थियो।

आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको  नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए। बैठकले उपसभामुखबाट तुम्बाहाङ्फेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय पनि गरेको थियो।