आज देशभर मौसम बदली रहने
खबर एक्सप्रेस
२०७६-०६-०६ ११:०० मा प्रकाशित
Total Shares: 3584
काठमाडौं - आज देशभर मौसम बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभरीको मौसम आंशिक देखि सामान्य बदली रहने छ ।
थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ । आज राती देशभरी आंशिक देखि सामान्य बदली रहने र केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस