महराको राजीनामाले पूर्णता पायो
खबर एक्सप्रेस
२०७६-०६-१५ ११:०० मा प्रकाशित
Total Shares: 851
काठमाडौं - बलात्कारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराको राजीनामाले पूर्णता पाएको छ ।
संवैधानिक व्यवस्था अनुसार महराले राजीनामा उपसभामुख समक्ष मंगलबार नै बुझाएका थिए । तर बुधबार संसद सचिवालयले सबै प्रक्रिया पूरा गरेर महराको राजीनामालाई पूर्णता दिएको हो।
संसद सचिवालयका महासचिव भट्टराईको अनुपस्थितिमा संसद सचिवालयका सचिव भरतराज गौतमले हस्ताक्षर गरी बुधबार दिउँसो सूचना निकालेर महराको राजीनामा प्रक्रियालाई पूर्णता दिएका हुन् ।
संसद सचिवालयले महराको राजीनामा सम्बन्धमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २११ को उपनियम (२) बमोजिम बुधबार सूचना प्रकाशित गरेको हो।
फेसबुक पेज Like गर्नुहोस