ललितपुर - राष्ट्रिय सभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान जारी छ । कूल सदस्य मध्ये १८ पदका लागि विहान १० बजेदेखि मतदान सुरु भएको हो ।

वाग्मती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नम्बर ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गरे ।

यो प्रदेशमा रिक्त महिला र अन्य समूहमा तीन–तीन जनाका दरले ६ जनाको उम्मेदवारी परेको छ । बाग्मतीमा प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता छन् ।