५ अर्ब लुट्ने योजना बनाएका १२ जना पक्राउ
काठमाडौँ - कृषि विकास बैंकका कर्मचारीको आइडी प्रयोग गरेर रकम लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । ५ अर्ब रुपैयाँ लुट्ने योजना बनाएका १२ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो ।
कृषि विकास बैंकका कर्मचारीको आइडी प्रयोग गरेर रकम झिकिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । असोज ५ गते पानस रेमिटेन्सबाट एकै व्यक्तिले ६० लाख रुपैयाँ झिकेपछि प्रहरीले पछ्याउँदा ३० लाख नगदसहित पक्रिएको हो । पक्राउ परेका सोही व्यक्तिबाट नै प्रहरीले अन्य सदस्यहरुलाई पक्राउ गरेको हो ।
यो समूहले ४ करोड ६३ लाख रुपैयाँ ट्रान्सफर गरेका थिए । ट्रान्सफर गरेको रकममध्ये ६० लाख रुपैयाँको नोट उनीहरुले निकालिसकेका थिए। धनगढीबाटमात्रै १९ लाख रुपैयाँ निकालिएको थियो ।
यस घटनाको प्रमुख योजनाकार काले भनिने पिटर रहेका छन् । उनीहरुले भारतमा बसेर बैंकबाट पैसा लुट्ने योजना बनाएका थिए ।
उनीहरुले कर्मचारीसँग मिलेमतो गरेर रकम लुटेको हो या ह्याक गरेको हो भन्ने बारेमा भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस