काठमाडौं - जल तथा मौसम पूर्वानुमान महाशाखाले अबका ४–५ दिन घमाइला हुने बताएको छ । गएको हप्ता मौसममा आएको गडबढी विस्तारै सुधार हुने क्रममा रहेको जानकारी दिँदै महाशाखाले अबका ४–५ दिन घमाइला हुने बताएको हो ।

महाशाखाका अनुसार आइतबार पूर्वी भेगका एक दुई स्थानमा हल्का पानी परेपनि बाँकी भेगमा मौसम सामान्य रहनेछ । तर, तराई क्षेत्रमा हुस्सु लागेको र हिमाली क्षेत्रमा भने जादल लागेको अवस्था छ ।

मौसमविद बरुण पौडेलका अनुसार तराईमा विहान पख हुस्सु लागेपनि अब दिन क्रमशः बैढ्दै जाने भएकाले तातो बढ्दै जानेछ । उनले भने, ‘माघको अन्तिमतिर गर्मी सुरु हुन थाल्छ ।’ अब जाडो कम हुँदै गएको उनले जानकारी दिए ।