चिनियाँ राष्ट्रपतिको स्वागतमा रातारात ‘सुन्दर’ बनाइँदै काठमाडौं
काठमाडौं - चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण निश्चित भएसँंगै काठमाडौं सिंगारिन थालेको छ। आफ्नो क्षेत्रभित्र पर्ने मन्त्रालय र स्थानीय निकायलाई अहिले भ्याई–नभ्याई छ।
यही ‘असोज २७ गते नेपाल आउने’ राष्ट्रपति सीलाई स्वागत गर्न सिंगै सरकार, काठमाडौं महानगरपालिका, निजी क्षेत्र, बैंकलगायत एक दर्जनभन्दा बढी निकाय लागिपरेका छन्।
विशेष गरी आफ्नो कार्य क्षेत्रभित्र पर्ने काठमाडौं महानगरपालिकाले बाटो सफा गर्न शुरू गरिसकेको छ। सरकारले नेपाल टेलिकमलाई तार व्यवस्थापन गर्न निर्देशनन दिएको छ।
विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी, नेपाल खानेपानी संस्थानलगायतका निकायलाई कामको जिम्मेवारी दिइसकेको छ।
प्राधिकरणले अव्यवस्थित बिजुलीको तार र पोल व्यवस्थापन गर्न थालेको छ। सी २४ घन्टा नेपाल बस्ने कार्यक्रम रहेको छ। राष्ट्रपति सीको स्वागत गर्न राजधानीका करिब ४० वटा स्वागतद्वार निर्माण हुनेछन्।
फेसबुक पेज Like गर्नुहोस