काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ७२ हजार १०० मा कारोबार भएको हो ।

यसअघि मंगलबार सुन तोलामा ७२ हजारमा कारोबार भएको थियो ।  यस्तै चाँदी तोलामा रु ५ बढेर  ८६५ रुपैयाँमा कारोबार भएकोपनि महासंघले जनाएको छ।