सीको सवारी हुँदा सडकमा उभिन पनि प्रतिबन्ध
खबर एक्सप्रेस
२०७६-०६-२५ ११:०० मा प्रकाशित
Total Shares: 553
काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङको सवारीको समयमा सडक खाली गरिने भएको छ । सरकारले सीको सवारी हुँदा उनी यात्रा गर्ने मार्ग पूरै खाली गर्ने निर्णय गरेको हो ।
सीको सवारीका क्रममा सडक पूर्णरुपमा खाली गरिने र सडकको दुई किनारमा हिँडडुल गर्न तथा उभिएर हेर्नसमेत रोक लगाइने प्रहरीले जनाएको छ ।
महानरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार राष्ट्रपति सीको सुरक्षाका लागि सडक किनार खाली गर्न लागिएको हो ।
फेसबुक पेज Like गर्नुहोस