आज त्रिभुवन विश्वविद्यालयको ४५औँ दीक्षान्त समारोह
खबर एक्सप्रेस
२०७६-०९-०३ ११:०० मा प्रकाशित
Total Shares: 878
काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४५औँ दीक्षान्त समारोहमा आज हुदैँछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने समारोहमा १० हजार १८४ विद्यार्थी दिक्षित हुदैँछन ।
पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा हुने समारोहमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई विभिन्न विधाका ३१ वटा पदक/पुरस्कारसमेत प्रदान गरिने भएको दीक्षान्त समारोह समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिनुभयो ।
समारोहमा करीब छ हजार ९०० अभिभावक सहभागी हुने भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस