काठमाडौं - आज साताको पहिलो दिन आइतबार सुन तथा चाँदीको मूल्य बढेको छ । सातको अन्तिम दिन शुक्रबार प्रतितोला ७१ हजार रुपैयाँ रहेको सुन आइतबार तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ७१ हजार ३ सय रुपैयाँ पुगेको छ ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबरका लागि छापावाला सुन प्रतितोला ७१ हजार ३ सय र तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँ तोकिएको छ । छापावाला सुन प्रतितोला ७० हजार ७ सयका शुक्रबार कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ८ सय ६० रुपैयाँ रहेको चाँदी आइतबार तोलामा ५ रुपैयाँ बढेर प्रतितोला ८ सय ६५ रुपैयाँ पुगेको हो ।