अभिभावकलाई निजी विद्यालयको उर्दी - ‘चैतयताको शुल्क बुझाउनू’
काठमाडौं - कोरोना भाइरस संक्रमण महामारीको कारण विद्यालय बन्द भए पनि निजी विद्यालयले शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन)ले आइतबार संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै शुल्क तिरेर शैक्षिकसत्रमा सक्दो सहयोग गर्न अभिभावकलाई आग्रह गरेको हो ।
चैतयता एक महिनाको शुल्क छुट दिने तर अरु शुल्क बुझाएर सहयोग गरिदिन अभिभावकलाई आग्रह गरिएको छ । ‘सामाजिक दुरी कायम गर्दै विद्यालयमा उपस्थित भएर छोराछोरीको नयाँ/पुरानो अभिलेखीकरण गराउन, २०७६ को बाँकी वक्यौता सम्भव भएसम्म चुक्ता गर्ने, २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्ने जस्ता आर्थिक गतिविधिमा सहभागी भई विद्यालयलाई अधिकतम सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौं ।’ विज्ञप्तिमा उल्लेख छ ।
कर्मचारी र शिक्षकलाई तलब खुवाउने, घरभाडा, बैक, बित्तियसंस्थाको ऋण तिन र प्रविधि प्रयोग गरी कक्षा सञ्चालन गर्न रकम आवश्यक परेको कारण बाध्य भएर यो अपिल गरिएको बताइएको छ ।दुई संस्थाले सरकारले एसईई परीक्षाको अन्तिम मुल्याकन विद्यालयले गर्ने निर्णयको स्वागत पनि गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस