काठमाडौं - सत्तारुढद दल नेपाल कम्युस्टि पार्टी (नेकपा) सचिवालय बैठक सुरू भएको छ । मन्त्रिमण्डल फेरबदलको विषयमा छलफल गर्न बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

मन्त्रिमण्डल फेरबदलबारे यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो । छलफलपश्चात दुवैजना राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । 

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड शीतलनिवासबाट फर्केपछि सचिवालय बैठक सुरु भएको हो । बैठकमा नयाँ बन्ने मन्त्रीबारे छलफल हुने जनाइएको छ ।

नेकपा सचिवालय बैठक सकिएपछि आजै नयाँ मन्त्रीको सपथ ग्रहण हुन सक्ने सम्भावना समेत रहेको जनाइएको छ ।