क्यानको चुनावी साधारणसभा आज, कसले मार्ला बाजी ?
काठमाडौं - नेपाल क्रिकेट संघ क्यानको चुनावी साधारणसभा आज सुरु हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघ९क्यान०लाई प्रतिबन्ध लगाएपछि पहिलोपटक हुन गइरहेको सधारणसभालाई निकै महत्वका साथ हेरिएको छ ।
क्यानको नयाँ नेतृत्वमा विनयराज पाण्डे र चतुरबहादुर चन्द आउने अत्याधिक सम्भावना रहेको छ । आज शुक्रबार साधारणसभाको उदघाटन कार्यक्रम रहेको छ भने भोली शनिबार चुनाव हुने निश्चित गरिएको छ । उद्घाटन शत्र दिउँसो १२ : ४५ बजेदेखि शुरु हुने छ ।
उद्घाटन शत्रमा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र राखेप सदस्य सचिव रमेश सिलवाललाई अतिथीको रुपमा आमन्त्रण गरिएको छ ।
आईसीसीले क्यान निलम्बन गरेको झण्डै साढे ३ बर्षपछि क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो ।
साधारण सभाबाट नयाँ नेतृत्व चयन भएपछि आईसीसीले क्यानको निलम्बन फुकुवा गर्ने आशा गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस