अन्ततः कृष्णबहादुर महरा पक्राउ
खबर एक्सप्रेस
२०७६-०६-१९ ११:०० मा प्रकाशित
Total Shares: 673
काठमाडौं - निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार महराविरुद्ध किटानी जाहेरी परेसँगै उनलाई आइतबार पक्राउ गरिएको हो ।
आइतबार नै अदालतले पक्राउ गर्न अनुमति दिएको थियो । काठमाडौँ जिल्ला अदालतले पक्राउका लागि अनुमति दिए लगत्तै महरालाई नियन्त्रणमा लिएको प्रहरी श्रोतले जनाएको छ ।
संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले बलात्कार प्रयासको आरोपमा महराविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । उक्त किटानी जाहेरीको आधारमा अदालतको अनुमतिपछि महरालाई आइतबार अपरान्ह प्रहरीले नियन्त्रणमा लिएको हो ।
फेसबुक पेज Like गर्नुहोस