सभामुखहरुको बैठकमा भाग लिन कजाकस्तान प्रस्थान गरे सभामुख महरा
खबर एक्सप्रेस
२०७६-०६-०४ ११:०० मा प्रकाशित
Total Shares: 730
काठमाडौं - सभामुख कृष्णबहादुर महरा कजाकस्तान प्रस्थान गरेका छन् । युरोसियन मुलुकका सभामुखहरुको बैठकमा भाग लिन सभामुख महरा ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार बिहान कजाकस्तान प्रस्थान गरेका हुन् ।
उनले यही सेप्टेम्बर २२ देखि २५ सम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामुखहरुको चौथो बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ ।
सभामुख महरासँगै प्रतिनिधिसभा सदस्य मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरि, संघीय संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक बसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन पनि कजाकस्तान उडेका छन् ।
फेसबुक पेज Like गर्नुहोस