काठमाडौं - निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन् ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले यौन दुर्व्यवहारको आरोप लगाएपछि सभामुख महराले छानबिनको सहजताका लागि भन्दै यसअघि सभामुख पदबाट राजीनामा दिएका थिए ।

महराले आफ्नो सुरक्षामा खटिएका नेपाली सेना र नेपाल प्रहरीको टोली फिर्ता गरेका छन् भने आफू चढ्ने सरकारी गाडी पनि फिर्ता गरेका छन् ।

महरासँग अहिले दुईजना पीएसओ मात्र बाँकी छन् । बसोबासका लागि नयाँ घर पाउनेबित्तिकै महराले सरकारी निवास बालुवाटार पनि छोड्ने उनका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए ।