प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्ने नेकपा सचिवालयको निर्णय
काठमाडाैं - आज बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश ३ को नाम र राजधानीबारे टुंगो लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सचिवालय बैठकमा प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्नेबारे सहमति भएको हो ।
नेकपा सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने समेत निर्णय गरेको हो ।
समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा छलफल गर्न आज आइतबार नेकपाको सचिवालय बैठक बोलाइएको थियो । साथै बैठकमा मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी)बारे समेत छलफल हुने कार्यतालिका थियो ।
गत साता सम्पन्न पार्टी स्थायी कमिटीको बैठकले अमेरिकी सरकारद्वारा प्रदान गरिने भनिएको एमसीसीबारे निर्णय गर्ने अधिकार सचिवालयलाई सुम्पेको थियो ।
तर सभामुख कसलाई बनाउने भन्नेबारे कुनै निर्णय नभएको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस