सुनसरी- सुनसरीको इटहरीमा पति, पत्नी र छोरी मृत अवस्थामा भेटिएका छन्।

इटहरी १७ मा दसैंको टिकाकै दिन श्रीमान् झुन्डिएको अवस्थामा फेला परेका हुन् उनकी श्रीमती र छोरीको शव बाकस र बोरामा भेटिएका हुन्।

प्रहरकिा अनुसार स्थानीय राकेश शर्मा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् भने उनकी श्रीमती पुनम र छोरी स्वस्तिकाको शव भेटिएका हुन्।

घरभित्रै टिनको बाकसमा पुनम तथा बोरामा ६ वर्षीया छोरी स्वस्तिकाको शव भेटिएको सुनसरी प्रहरीले जनाएको छ।पहिले पत्नी र छोरीको हत्या गरेर राकेशले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

लामो समयदेखि राकेश र पुनमबीच घरायसी विवाद भइरहेको स्थानीयले जनाएका छन्। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।