काठमाडौं - सिन्धुलीस्थित नेपालथोकमा काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको मिनी बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ५ जना घाइते छन् ।

बा ३ ख २३५९ नम्बरको मिनी बस तीव्र गतिका दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको छ । बसमा २८ जना सवार थिए ।