साइक्लिङमा लक्ष्मीलाई सफलतासँगै नेपालको स्वर्ण ३१ पुग्यो
काठमाडौं - १३औं दक्षिण एसियाली खेलकुद ९साग० प्रतियोगितामा नेपालको स्वर्ण पदक संख्या ३१ पुगेको छ । साइक्लिङको क्रस कन्ट्री प्रतिस्पर्धामा नेपालकी लक्ष्मी मगरले स्वर्ण जितेसँगै नेपालको स्वर्ण ३१ पुगेको हो ।
बिहीबार गोकर्णमा भएको साइक्लिङमा लक्ष्मीले क्रस कन्ट्रीको ४ किलोमिटरमा स्वर्ण जितेकी हुन् भने नेपालकै उषा खनालले रजत पदक पाइन् । लक्ष्मीले निर्धारित दूरी १ मिनेट २०.२० सेकेण्डमा पूरा गरिन् भने उषाले १ मिनेट ३५।५२ सेकेण्डमा पूरा गरिन् ।
भारतकी प्रनिता प्रफुल सोमनले निर्धारित दूरी १ मिनेट ३६.२९ सेकेण्डमा पूरा गर्दै कास्य पदकमा चित्त बुझाइन् ।यो सफलतासँगै साइक्लिङमा नेपालको स्वर्ण ३ पुगेको छ । यसअघि राजेश मगर र निश्मा श्रेष्ठल स्वर्ण जितिसकेका छन् ।
फेसबुक पेज Like गर्नुहोस