काठमाडौं - संसद  सचिवालयकै एक कर्मचारीमाथि  बलात्कारको आरोप लागेका सभामुख  कृष्णबहादुर महरा प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ । आफ्नै कर्मचारीले जबरजस्तीकरणीको आरोप लगाएपछि महराले मंगलबार दिउँसो पदबाट राजीनामा दिएका छन् ।

घटना भएको भनिएको  सुविधानगरस्थित पीडितको घरबाट रक्सीका बोतल, कपडा र अन्य सबुत संकलन गरिएको प्रहरीले बताएको छ  ।

सो घटनाको छानविनका लागि  सीसी टीभी फुटेज संकलन गरेर पनि विश्लेषण थालेको प्रहरी स्रोतको दावी छ ।

महराले आइबार दिउँसो उपसभामुखसमक्ष राजीनामापत्र बुझाएका हुन् । महराले आफ्नो राजीनामापत्रमा ‘आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको’ उल्लेख गरेका छन् ।