काठमाडौं - टिकट बुकिङ खुला भएयता १० लाख यात्रु दसैंका लागि उपत्यकाबाट बाहिरीएका छन् । 

दसैंमा घर जाने यात्रुको दैनिक टिकट काउन्टरमा भीड लाग्ने गरेको छ । असोज ५ गतेबाट टिकट बुकिङ खुला भएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार मंगलबारसम्म ९ लाख ९२ हजार ८६७  यात्रु बाहिरिएका छन् । 

६ लाख ९१ हजार ६४६ यात्रु भित्रिएका छन् । जसमा १ लाख १९ हजार ४६७ सवारी साधन सवारी साधन यात्रु बोकेर बाहिरिएको उनले बताए । 

कान्तिपुर दैनिकबाट