त्रिविको जेठसम्मका सबै परीक्षा स्थगित
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले बैशाख र जेठमा तोकेको सबै परिक्षा स्थगित गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभइसम्मको लागि स्थगित गरेको हो ।
बिहीबार बसेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले कोरोना भाइरस ९कोभिड–१९०को महामारीलाई मध्यनजर राख्दै यो दुई महिनासम्म सञ्चालन हुनेगरी तोकिएका सबै परीक्षाहरु अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको विश्वविद्यालयले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ ।
निर्णय अनुसार परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल बैशाख र जेष्ठमा संचालन गरिने विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फका ४ वर्षे वी.एस्सी, बी.बी.एस। र बी.एड. चौथो वर्षका नियमित तथा आंशिक परीक्षाहरु स्थगित गरिएका हुन् ।
फेसबुक पेज Like गर्नुहोस