काठमाडौं - बलत्कारको आरोप लागेका कृष्ण बहादुर महरालाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

महरालाई पक्राउ गरी कारबाही प्रकृया अघि बढाउन माग गर्दै मंगलबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरिएको हो। स्वतन्त्र रूपमा जम्मा भएका प्रदर्शनकारीले प्ले कार्डसहित शान्तिपूर्ण प्रदर्शन गर्दै महरालाई पक्राउ गर्नुपर्ने माग गरेका हुन्।

सोमबार संसद सचिवालयकी एक कर्मचारीले महरामाथि बलात्कार गरेको आरोप लगाएकी छन् । बलत्कारको आरोप लागेपछि महराले सभामुख पदबाट राजीना दिइसकेका छन् । महरामाथि चौतर्फी  दबाब आएपछि उनले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सम्बोधन गरी राजीनामा पत्र बुझाएका हुन्।