जनकपुरमा गोली चल्यो, एकजना घाइते
खबर एक्सप्रेस
२०७६-०६-०९ ११:०० मा प्रकाशित
Total Shares: 961
काठमाडौं - प्रहरीको गोली लागेर जनकपुरमा एकजना घाइते भएका छन् । बिहिबार डकैत गरिरहेका डाँकामाथि प्रहरीले गोली चलाएको हो ।
जनकपुरको जानकी फर्निसिङमा विहान ४ बजे डकैती गरिरहेका डाँका भाग्न खोजेपछि प्रहरीले ३ राउण्ड गोली चलाउदा एक जना घाईते भएको प्रहरीले जनाएको छ ।
घाइते डाँकाको जनकपुर अंचल अस्पतालमा उपचार भईरहेको र पक्राउ परको दुई नेपालीसहित दुई जना भारतीयलाई अहिले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस