काठमाडौं - विगत तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य बिहीबार (असोज २) तोलोको ६ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य विगत तीन दिन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुन भने ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । यता चाँदीको मूल्य पनि घटेको छ ।

चाँदी तोलामा १५ रुपैयाँले घटेर ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ ।