मौसम: केही दिन मौसम सफा नहुने, हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं - जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल विभिन्न मौसमी गतिविधि सक्रिय रहेका कारण अझै केही दिन मौसम सफा नहुने जनाएको छ ।
महाशाखाका अनुसार हाल मनसुनी न्यून चापीय रेखा औसत स्थानको आसपास रहेको छ । अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भएको छ ।
पूर्वदेखि पश्चिमसम्मकै थोरै–थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार शनिबार दिनभर मुलुकभर सामान्यदेखि पूर्ण बदली हुनेछ । पूर्वदेखि पश्चिमसम्मका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।
मध्य र पूर्वका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । राति पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने बताइएको छ । भारतको उत्तर प्रदेशमा अर्को न्यून चापीय प्रणाली विकास भएकाले मौसम बदली भएको जनाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस