नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश
काठमाडौं - दक्षिण एसियाका राष्ट्रहरुमध्ये नेपाल पहिलो खुला दिसामुक्त राष्ट्र बनेको छ । राजधानीस्थित सभागृहमा सोमबार आयोजित कार्यक्रमका बीच प्रधानमन्त्री केपि शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्रको घोषणा गरेका हुन् ।
खुला दिसामुक्त राष्ट्र घोषणाका लागि सरकारले गत ८ वर्षदेखि देशव्यापी रुपमा खुला दिसामुक्त क्षेत्रको अभियान थालेको थियो । सोही अभियान अन्तर्गत सबैभन्दा पहिला कास्की जिल्ला पहिलो खुला दिसामुक्त जिल्ला घोषित भएको थियो ।
खुला दिशामुक्त राष्ट्र घोषणाको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपि शर्मा ओलीले नेपालका लागि ऐतिहासिक पहल भएको बताएका छन् । उनले केहि भएन भनेर निराशा फैलाउनेको बीच सरकारले नमुना काम गर्दै लगेको बताए ।
कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले सरकारले यसै आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरि बनाएको नीति तथा कार्यक्रम अनुसार घोषणा भएको बताइन् । मन्त्री मगरले २०६८ सालमा सुरु भएको सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त क्षेत्र घोषणा अभियानले व्यापकता पाउँदै नेपाल नै खुला दिसामुक्त राष्ट्र हुन पुगेकोमा खुसी व्यक्त गरिन् ।
कार्यक्रममा शहरी विकास मन्त्री मोहम्द इतिस्याक राई, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। सुरेन्द्र यादव, प्रदेश २ का भौतिक पूर्वाधान मन्त्री जीतेन्द्र सोनाललगायत खुला दिशामुक्त देश घोषणा गरेर नेपालले उदाहरणीय काम गरेको बताएका थिए ।
सरकारले ०६८ सालदेखि सरकारले सरसफाई गुरुयोजना बनाई खुला दिसामुक्त क्षेत्र घोषणा अभियाना सञ्चालन गरेको थियो । अभियानका क्रममा मुलुकभर ५६ लाख ६० हजार २ सय १४ घरपरिवारले शौचालयहरु बनाएको सरकारी तथ्यांक छ ।
फेसबुक पेज Like गर्नुहोस