काठमाडौं - बारा, जितपुर सिमरा उपमहानगरपालिका १६ डकाहा गाउँ बस्ने ३२ वर्षीय मोहन साहको घरमा जुवातास खेलिरहेको अवस्थामा मोहन साह समेत ९ जनालाई नगद २८ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बझाङ, जयपृथ्वी नगरपालिका ११ धामीलेक बस्ने २२ वर्षीय खगेन्द्र जोशीको पसलमा जुवातास खेलिरहेको अवस्थामा खगेन्द्र जोशी समेत ८ जनालाई नगद ३७ हजार ८ सय रुपैयाँ र ३ बुक तास सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।