काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचका क्रममा अस्पताल पुगेका छन् ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोह हेरेलगत्तै उनी महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएका हुन् । 

मंगलबार प्रधानमन्त्री ओली नियमित डायलासिसका लागि अस्पताल पुगेको उनको प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।