शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा
खबर एक्सप्रेस
२०८२-०१-०८ ०६:२० मा प्रकाशित
Total Shares: 62
काठमाडौं-शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।
उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० देखि काठमाडौंकेन्द्रित प्रदर्शन जारी राखेका छन् ।
शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निष्कर्ष ननिस्किएको अवस्थामा शिक्षामन्त्रीको राजीनामा आएको हो ।
विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरुको अडान छ ।
फेसबुक पेज Like गर्नुहोस