बढ्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७६-१०-०९ ११:०० मा प्रकाशित
Total Shares: 501
काठमाडौं - बिहिबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार पुगेको छ।
बुधबार प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज दुई सयले बढेको हो । आजका लागि तेजाबी सुनको मूल्य ७४ हजार ७ सयमा कायम छ।
त्यसैगरी, चाँदीको मूल्य ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ हुँदा नेपालमा पनि त्यसको प्रभाव परेको हो।
फेसबुक पेज Like गर्नुहोस