घट्यो सुनको भाउ
खबर एक्सप्रेस
२०७६-०८-१९ ११:०० मा प्रकाशित
Total Shares: 803
काठमाडौं - आज बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
बुधबार प्रतितोला ७२ हजार २ सय रुपैंयामा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला २ सयले घट्दै ७२ हजार रुपैंयामा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य पनि घटेको छ । आज प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य घटेको छ । आज प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । बुधबार प्रतितोला ८६५ रुपैयाँमा कारोबार भैरहेको थियो ।
फेसबुक पेज Like गर्नुहोस