कांग्रेसले पुष्पा भुसाललाई सभामुखकाे उम्मेदवार बनाउने
खबर एक्सप्रेस
२०७६-१०-०६ ११:०० मा प्रकाशित
Total Shares: 615
काठमाडौं - पुष्पा भुसाललाई नेपाली कांग्रेसले सभामुखको उम्मेदवार बनाउने भएको छ। कांग्रेस संसदीय दलकी सचेतकसमेत रहेकी भुसाललाई कांग्रेसले सभामुखको उम्मेदवार बनाउने तयारी गरेको स्रोतले जानकारी दियो।
यद्यपि, कांग्रेसले आधिकारिक निर्णय भने गरिसकेकाे छैन। यता सत्तारूढ दल नेकपाले अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने निर्णय गरिसकेको छ।
संसदममा नेकपाको स्पष्ट बहुमत रहेकोले सापकोटा सभामुख हुने लगभग पक्का नै छ। तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहारको मुद्दा खेपेपछि संसद् सभामुखबिहीन छ।
फेसबुक पेज Like गर्नुहोस