अर्घाखाँचीमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ५ गम्भीर घाइते
खबर एक्सप्रेस
२०७६-०६-२० ११:०० मा प्रकाशित
Total Shares: 829
अर्घाखाँची - र्घाखाँचीको नरपानी भन्ने ठाउँमा आज दिउँसो भएको जीप दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ ।
आज सोमबार दिउँसो कृष्णनगरबाट ठाडा हुँदै सन्धिखर्क तर्फ आउँदै गरेको लु १ ज ४३२९ नम्बरको जीप दुर्घटना भएको हो । घटनास्थलमा तीन जनाको शव भेटिएको छ । हाल उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
जीप दुर्घटनामा परी गम्भीर घाइते भएका ५ जनालाई उपचारको लागि सन्धिखर्क ल्याउँदै गरिएको छ ।
मृतक र घाइतेहरुको परिचय खुल्न सकेको छैन । घटनासम्बन्धी थप विवरण आउन बाँकी छ ।
फेसबुक पेज Like गर्नुहोस