उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिइन् संसदबाटै राजीनामा
खबर एक्सप्रेस
२०७६-१०-०६ ११:०० मा प्रकाशित
Total Shares: 316
काठमाडौं - प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामाको घोषणा गरेकी छन् । सोमबार बसेको पहिलो संसद बैठकमा तुम्बाहाङ्फेले राजीनामा दिएकाे घोषणा गरेकी हुन् ।
संसदमा छोटो समय सम्बोधन गरेकी उपसभामुख तुम्बाहाङफेले प्रतिनिधि सभाको सभामुख पद अप्रत्यासित र अश्वभाविक कारणले रिक्त रहेको र सभामुख नहुँदा जटिलता थपिएको बारेमा जानकार रहेको भन्दै सभामुख चयन प्रकृया सहज बनाउनका लागि मार्गप्रशस्त गर्न राजीनामा गरेकी बताइन् ।
उनले हरेक निर्णयहरु इतिहासको कसीमा मूल्यांकन हुने उल्लेख गर्दै उपसभामुख स्वतन्त्र पद हुने भए पनि त्यसको जरा आफूले बिर्सन नहुने पनि उल्लेख गरिन्।


फेसबुक पेज Like गर्नुहोस