यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महरालाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
खबर एक्सप्रेस
२०७६-०६-१४ ११:०० मा प्रकाशित
Total Shares: 799
काठमाडौं - यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
अध्यक्ष ओलीले पार्टीका नेताहरूको छलफलपश्चात् देश र जनताको हितका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएको बालुवाटार स्रोतले बतायो ।
राजिनामा दिएर देश र जनताको हितका लागि मार्ग प्रशस्त गर्न निर्देशन दिएको समाचारहरुमा उल्लेख छ । नैतिक र चारित्रिक प्रश्न उठिसकेको कारणले उनले नैतिकताको हिसावले राजीनामा दिनुपर्ने प्रधानमन्त्रीको भनाई रहेको समाचार प्रकाशित भएको हो ।
फेसबुक पेज Like गर्नुहोस