यस वर्षको एसइई परीक्षा ६ चैतदेखि सुरु हुने
खबर एक्सप्रेस
२०७६-०९-०१ ११:०० मा प्रकाशित
Total Shares: 661
काठमाडौं - यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० आगामी ६ चैतदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले एसइई परीक्षा आगामी ६ देखि १७ चैतसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले यस वर्षको एसइईमा नियमिततर्फ करिव चार लाख हुने बताए । परीक्षा फारम भर्ने समय ९ पुससम्म रहेकाले एक्जाम्टेडतर्फका विद्यार्थीसहित करिव पाँच लाख विद्यार्थी सहभागी हुने अनुमान रहेको उनले जानकारी दिए ।
एसइईका परीक्षा नियन्त्रक रामराज खकुरेलले सुरुको दिन अनिवार्य अंग्रेजी विषय रहेको र प्राविधिकसहित १७ चैतमा सबै विषयको परीक्षा सकिने बताए ।
फेसबुक पेज Like गर्नुहोस