कास्कीकाे मतदानस्थल नजिकै दुई ठाउँमा बम विस्फोट
कास्की - कास्की क्षेत्र नं-२ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ ।
पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो । बिस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीको भनाइ छ । बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान २० मिनेट रोकिएको थियो ।
त्यस्तै, अर्को कास्कीकै सरस्वति टिका मावि भरतपोखरी मतदान स्थलभन्दा २ सय मिटर तल बम बिस्फोट भएको छ। बिस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
प्रतिनिधि सभाका लागि भैरहेको निर्वाचनमा नेकपाबाट उम्मेद्वार बनेकी विद्या भट्टराइले बिहानै मतदान गरेकी छन्। यस्तै साझा पार्टीको तर्फबाट उम्मेद्वार बनेकी रजनि केसीले पनि मतदान गरेकी छन् ।
फेसबुक पेज Like गर्नुहोस