काठमाडौँ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिने निर्णय गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संसद भवनमै कार्यरत एक महिला कर्मचारीले सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि उनले नैतिकताको आधारमा राजीनाम दिनुपर्ने सुझाव दिएको हो ।

बैठकले सभामुख महरालाई सभामुख र सांसद पदबाट समेत राजीनामा दिएर छानबिन प्रकृयामा सघाउ पुर्याउनुपर्ने सुझाव दिने निर्णय गरिएको सचिवालयका एक नेताले बताए ।