काठमाडौं-दशैंको शुभकामना बाँड्न प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । झापाको दमकमा आयोजित शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा ओली सहभागी भएका छन् ।

कार्यबहाक सभामुख डा. शिवमाया तुम्बाहाम्फे, नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौला लगायत नेताहरू, प्रदेश सरकारका मन्त्रीहरू पनि कार्यक्रममा सहभागी भएका छन् ।सिंगापुरमा स्वास्थ्य उपचार गराएर फर्केपछि ओली पहिलोपटक गृहजिल्ला पुगेका हुन् ।