वडा अध्यक्ष गुरुङको निधन
खबर एक्सप्रेस
२०७६-०६-०४ ११:०० मा प्रकाशित
Total Shares: 723
चितवन - भरतपुर महानगरपालिका-१६ का वडा अध्यक्ष चतुरमान गुरुङको निधन भएको छ। क्यान्सरका बिरामी गुरुङको उपचारकै क्रममा शनिबार बिहान निधन भएको महानगरपालिकाले जनाएको छ।
क्यान्सरका बिरामी भए पनि किड्नीको डायलासिस गर्ने क्रममा पुरानो मेडिकल कलेजमा बिहान पौने ११ बजे उनको निधन भएको जनाइएको छ। स्थानीय निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए।
फेसबुक पेज Like गर्नुहोस