काठमाडौं - सरकारले अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी विद्यालयहरूलाई शुल्क लिने बाटो खुला गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरेर अनलाइनलगायत वैकल्पिक विधिबाट गरिने शिक्षणलाई मान्यता दिएसँगै निजी विद्यालयहरूले शुल्क लिन पाउने भएका हुन् ।

निर्देशिकाअनुसार निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाउने छन् । ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुनेछ’ जारी निर्देशिकामा उल्लेख छ ।

यसअघि मन्त्रालयले अनलाइन शिक्षाको नाममा शुल्क लिन नपाउने निर्णय गरेको थियो । विद्यालयहरूले असार १ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् ।