अर्थतन्त्रका परिसूचकहरुको विस्तारै सुधार हुँदैछ : अर्थमन्त्री पौडेल
काठमाडौं - उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रका परिसूचकहरुको विस्तारै सुधार हुँदै गएको बताएका छन् ।
तर, विगतमा स्रोत व्यवस्थापनको ठूलो खाडल देखिएकाले त्यसलाई पुर्न अझै केहि समय लाग्ने उनले बताए
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘विनियोजन कुशलता र वास्तविक बजेट’ विषयक पूर्वबजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
आगामी आर्थिक वर्ष २०८२।८३ को बजेटलाई कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाउन बजेटमा राखिने योजना तथा कार्यक्रममा व्यापक हेरफेर गरिने बताएका छन् ।
उनले भने, ‘बजेट विनियोजन र कार्यान्वयनका बीचमा ठूलो खाडल सिर्जना भएको छ र त्यसो हुनुमा हामी नै जिम्मेवार छौं । चालु आर्थिक वर्षमा मात्रै ११ हजारभन्दा बढी योजना प्रोजेक्ट बैंकमा थपिनुले पनि हाम्रो विनियोजन कुशलता कति छ भन्ने देखाउँछ ।’
अर्थमन्त्री पौडेलले अहिले थप खाल्डो खन्न होइन त्यसलाई पुर्न खोजिरहेकाले सबै क्षेत्रको साथ खोजेको बताए ।
फेसबुक पेज Like गर्नुहोस