काठमाडौं - राजसंस्थासहितको हिन्दु राज्यको माग गर्दै राजावादीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् ।

राप्रपा, राप्रपा नेपालसहितको समर्थनमा जारी प्रदर्शन आज दरबारमार्ग क्षेत्रमा गर्ने भनिएको थियो ।

तर, उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा भएपछि राजावादीहरूले शान्तिबाटीका क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

राजावादीहरूको प्रदर्शन शान्तिवाटिकाबाट बालुवाटारतर्फ अगाडि बढिरहेकोक्रममा घुसपैठ भएको भन्दै एक जना पक्राउ परेका छन् ।

पक्राउ परेका व्यक्तिलाई अहिले परिसर भद्रकालीमा लगिएको प्रहरीले जनाएको छ ।

त्रिचन्द्र अगाडी केहीबेर धकेलाधकेलसमेत भएको थियो ।